विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीआईजी अर्जुन चन्दको राजीनामा भएन स्वीकृत

हिमाल प्रेस २२ माघ २०८० १६:५९
1.9k
SHARES
विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीआईजी अर्जुन चन्दको राजीनामा भएन स्वीकृत

काठमाडौँ- डीआईजी अर्जुन चन्दको राजीनामा स्वीकृत नगरी फिर्ता पठाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखको रुपमा कार्यरत ठकुरीले गत शुक्रबार दिएको राजीनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीले फिर्ता गरिदिएको हो।

उनको राजीनामा पत्र रित नपुगेको भन्दै फिर्ता भएको प्रहरीले जनाएको छ। ‘उहाँको पत्र रितपूर्वक नभएकोले स्वीकृत भएन’उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले हिमालप्रेससँग भने।

विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि तलासी लिँदा हातपात गरेको घटना बाहिरिएपछि बनेको छानबिन समितिले प्रहरीलाई दोषी देखाउँदै कारबाही गर्न सिफारिस गरेपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए।

चन्दले पनि आफूले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको बताएका छन्। तर, उनले राजीनामा दिनुको कारण भने अन्य केही रहेको उनीनिकट प्रहरी अधिकारीहरू बताउँछन्। गत वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी सम्हालेका चन्दले स्वेच्छिक अवकाश लिएका हुन्। गत माघ १२ गते अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै चन्द रुष्ट थिए।

गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुख भएर काम गरेका चन्द गृह मन्त्रालयले प्रतिवेदन तयार पारेपछि रुष्ट भएका हुन्। खासमा माघ १२ गते अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै चन्द रुष्ट थिए।

गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुख भएर काम गरेका चन्द गृह मन्त्रालयले प्रतिवेदन तयार पारेपछि रुष्ट भएका हुन्।

माघ १२ गते प्रहरीको जाँच गर्ने बिन्दुबाट यात्रु प्रतीक्षालयतिर जान खोज्ने अध्यागमन अधिकृतको खान तलासी गर्न खोज्दा विवाद बढेर कुटपिटसम्म पुगेको थियो। त्यहाँ खटिएका असई सञ्जय तामाङ निलम्बनमा परिसकेका छन्। उक्त झडपको घटनालाई लिएर डीएसपीलाई सचेत गराउने र अरू दुई जवानलाई विभागीय कारबाही गर्ने लगायत छानबिन समितिको सिफारिस थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले जाँच गर्दा विवाद बढ्दै गएर कुटाकुटमा परिणत भएको थियो। त्यसक्रममा मोक्तानले प्रहरीलाई लात्ती हानेका थिए। मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरीहरू मोक्तानमाथि खनिएका थिए।

अध्यागमन अधिकृतमाथि तलासी लिने प्रहरीलाई पुरस्कार दिनुपर्ने चन्दको भनाइ थियो। यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पनि अडान लिन नसकेकोमा उनी झनै रुष्ट भएका हुन्। छानबिन समितिको प्रतिवेदनपछि उनीमाथि चौतर्फी दबाब परेको थियो। चन्दले आफू मातहतका प्रहरी कर्मचारी कारबाहीमा पर्दा आफूलाई नैतिकरुपमा बस्न ठिक नलागेको भन्दै राजीनामा दिएको बताइएको छ।

चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्। उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहन पाउनेछन्। चन्द प्रहरीमाथि नै कारबाही हुँदा आईजीपीले अडान लिन नसकेको भन्दै असन्तुष्टसमेत छन्।

प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी

प्रकाशित: २२ माघ २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =