विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : तीन प्रहरीलाई विमानस्थलबाट हटाइयो

हिमाल प्रेस २६ माघ २०८० १४:०२
196
SHARES
विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : तीन प्रहरीलाई विमानस्थलबाट हटाइयो

काठमाडौँ- त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच भएको कुटपिट प्रकरणमा कारबाहीमा परेका तीन प्रहरीलाई विमानस्थलबाट हटाइएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोको सरुवा गरेको हो।

यही माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानमाथि खानतलासी गर्नेक्रममा कुटपिट भएको थियो। मोक्तानले आफू अध्यागमनको अधिकृत भएको र आफूलाई जाँच गर्न नपर्ने बताउँदै जान खोजेपछि प्रहरीले जाँच गर्नै पर्ने बताएका थिए। त्यसपछि मोक्तानले प्रहरीमाथि गालीगरेको प्रहरीको दाबी छ। त्यसपछि कुटपिटको घटना भएको थियो।

गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेपछि विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले आपत्ति जनाएका थिए। कडाइका साथ खतलासी गरिरहेका प्रहरीलाई पुरस्कार दिनुपर्नेमा कारबाही गरिएको भन्दै उनले पदबाट राजीनामा पनि दिएका थिए। तर उनका ब्याची तथा आईजीपी बसन्तबहादुर कुँवरले राजीनामा फिर्ता लिन दबाब दिएका थिए। त्यसपछि उनले राजीनामा फिर्ता लिए। अहिले उनी बिदामा छन्।

विमानस्थलमा प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीआईजी अर्जुन चन्दको राजीनामा भएन स्वीकृत

प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी

प्रकाशित: २६ माघ २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =