रुसी सेनामा भर्ती भएका नेपालीमाथि यौनहिंसा

रमेश भारती २७ माघ २०८० १८:५४
2.4k
SHARES
रुसी सेनामा भर्ती भएका नेपालीमाथि यौनहिंसा प्रतीकात्मक तस्बिर

काठमाडौँ–चार महिनाअघि रुसी सेनामा भर्ती भएका एक युवक तालिम सकेर युद्धस्थलमा गएको एक सातामा उठबस गर्नै नसक्ने गरी बिरामी भए। ती युवक चर्पी जान पनि नसक्ने भएपछि रुसी सेनाका मेजरले सोधे, ‘तिमीलाई के भयो?’ उनको जबाफ सुनेर ती मेजर छक्क परे।

रुसी भाषा नजान्ने ती नेपालीले आफू बलात्कारमा परेको जबाफ दिएका थिए। रुसी भाषा जान्ने रामेछापका युवकले मेजरलाई उनको पीडा र समस्या सुनाएपछि ती मेजर छक्क परेको रुसी सेनाबाट भागेर नेपाल फर्किएका एक युवकले जानकारी दिए।

भारत हुँदै रुसी सेनामा भर्ती भएका ती युवकलाई युद्धमा सँगै खटिएका दुई जना सेनाले बलात्कार गरेका रहेछन्। राति उनीहरू बंकरमा सुतेको बेला ती नेपाली बलाकृत् भएछन्।  बलात्कारमा परेको  भएपछि समस्या लुकाएछन्।

नेपाल फर्किएका ती युवकले भने, ‘रुसी सेनाले ती नेपाललाई मार्ने धक्की दिएर बलात्कार गरेछन्। उनलाई रुसी सेनाले पालैपालो बलात्कार गरेको हामीलाई सुनाए।’ पीडा सहन नसकेर उनी हिँउमा लडेपछि ब्यारेकका मेजरले सोधखोज गरेको ती युवकको भनाइ छ। ‘त्यसपछि बलात्कार गर्ने रुसी सेनालाई अर्को ब्यारेकमा सारिएछ’,उनले भने।

रुसी सेनाबाट भागेर आएका नेपालीका अनुसार ती युवक बलात्कार भएको ब्यारेकमा सात नेपाली थिए। ती नेपालीले बलात्कार गर्ने रुसीलाई कुट्ने या गोली हानेर मार्ने योजना बनाए पनि सफल नभएको उनले बताए।  ती रुसी सेनालाई अर्कोतिर सारिएका कारण योजना सफल नभएको उनको भनाइ छ।

पीडित युवक नेपाल फर्किएर काठमाडौँको एक निजी अस्पतालमा उपचार गरिरहेका छन्। ‘उनीसँग हाम्रो भेट मस्कोमा भएको हो। पाँच दिन होटलमा सँगै बस्दा पीडित युवकले आफ्नो कथा सुनाएका हुन्’,रुसी सेनाबाट भागेर आएका युवकले भने।

उनका अनुसार युक्रेन युद्धमा खटिएका सेनालाई ३ देखि ५ सय एमएल रक्सी खुवाउन गरिन्छ।  रुसी सेना रात परेपछि धेरै रक्सी खाएर ‘यसै मर्ने, उसै मर्ने’ भन्दै लठ्ठ पर्ने गरेको ती युवकले बताए।

रुसी सेनामा भर्ती भएका अन्य नेपाली पनि त्यहाँको सेनाबाट यौन हिंसामा पर्ने गरेका छन्। रुसी सेनामा धेरै यौन हिंसा बढेपछि त्यहाँ सेनामा कार्यरत महिला जागिर छाडेर भाग्ने क्रम बढेको छ। ‘हामी तीन महिना बस्दा सबैभन्दा बढी महिलाले सेनाको जागिर छाडेर भागे’, ती युवकले भने।

रुसले कब्जा गरेको पूर्वी युक्रेन सोलेदारमा सबैभन्दा बढी बलात्कारका घटना हुने गरेका छन्। यी क्षेत्रमा खटिएका महिला मात्र होइन। नेपाली युवा समेत बलात्कारको सिकार बन्छन्।

रुसी सेनामा भर्ती भएका नेपाली रुसको उत्तरी भेगका सैनिकबाट बलात्कृत हुने गरेको जानकारी प्राप्त भएको भागेर आएका अर्का युवक सुमन राईले बताए। उनका अनुसार उत्तरी रुसमा समलिंगी विवाह गर्ने चलन रहेछ। राईले भने, ‘रुसी सेनामा भर्ती भएका नेपालीलाई त्यहाँको तेस्रो तहका आर्मीले मन लाग्दी गर्छन्। भात खाएको थाल माझ्न र लुगा धुन लगाउने गर्छन्।’

भनेको नमाने अपशब्द प्रयोग गरेर गाली गर्ने, बन्दुक देखाएर तर्साउने समेत गरेको राईले बताए। राईले भने, ‘रुसी सेनामा भर्ती भएका नेपालीलाई त्यहाँ सेनाले हतियार देखाएर बलात्कार गर्ने गरेको कुरा धेरै नेपालीले बताउने गरेका छन्।’

 भिडिओ

प्रकाशित: २७ माघ २०८० १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =