एमालेले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस १९ माघ २०८० १२:४२
6
SHARES
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमालेले शनिबार र आइतबार दिउँसो १२ बजे बस्ने गरी दलको बैठक बोलाएको हो। बैठकमा एमाले अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्‌मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने बताइएको छ।

आगामी २२ गतेदेखि सुरु हुने संसद्‌को बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन्। संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ। यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ।

प्रकाशित: १९ माघ २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =