श्रीलंकाको मुद्रास्फीति ६.४ प्रतिशत

हिमाल प्रेस १८ माघ २०८० १५:३२
16
SHARES
श्रीलंकाको मुद्रास्फीति ६.४ प्रतिशत

 कोलम्बो- श्रीलंकाको मुद्रास्फीति जनवरी महिनामा बढेर ६.४ प्रतिशत पुगेको छ। सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति ४ प्रतिशत रहेको जनगणना तथा तथ्यांक विभाग (डीसीएस) ले बुधबार जनाएको छ।

खाद्य मुद्रास्फीति डिसेम्बर २०२३ मा ०.३ प्रतिशतबाट जनवरी महिनामा ३.३ प्रतिशतमा बढेको डीसीएसले आफ्नो पछिल्लो विज्ञप्ति सार्वजनिक गरेको हो। गैर–खाद्य समूहको मुद्रास्फीति पनि डिसेम्बरमा ५.८ प्रतिशतबाट बढेर जनवरीमा ७.९ प्रतिशत पुगेको छ।

डीसीएसका अनुसार मुख्यतया आवास, पानी, बिजुली, ग्यास, शिक्षा, कपडा, मादक पेय पदार्थ, सुर्तीजन्य र लागुऔषध, मनोरञ्जन र संस्कृति, विविध वस्तु र सेवाहरू र स्वास्थ्यका कारण मुद्रास्फीति बढेको हो।

सन् २०२२ सेप्टेम्बरदेखि श्रीलंकाको मुद्रास्फीति लगातार घट्दै गएको छ। उक्त समयमा मुद्रास्फीति ६९.८ प्रतिशत थियो।

जनवरी महिनाको सुरुमा केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्गेले मूल्य अभिवृद्धि करमा वृद्धि र आपूर्ति पक्ष समस्याहरूका कारण तरकारीको मूल्य बढेको भन्दै जनवरीमा श्रीलंकाको मुद्रास्फीति करिब ७ प्रतिशतले बढ्नसक्ने बताएका थिए। रासस/सिन्ह्वा 

प्रकाशित: १८ माघ २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =