श्रीलंकामा ३ अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

हिमाल प्रेस २३ भदौ २०८० २०:२८
4
SHARES
श्रीलंकामा ३ अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

कोलम्बो- श्रीलंकाले यो वर्षको पहिलो ६ महिनामा ३ अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण (रेमिट्यान्स) भित्र्याएको छ।

जनवरीदेखि अगस्टसम्मको अवधिमा श्रीलंकाका आप्रवासी कामदारले ३ अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले शनिबार जानकारी गराएको छ।

‘यो वर्षको पहिलो ६ महिनामा ३ अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन्। जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,’ श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिए।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उनले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट्यान्स भित्रिएको उल्लेख गरेका छन्।

श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको सुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलंकाली नागरिक वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका मन्त्री नानायककाराले जानकारी दिए।

सन् २०२१ मा श्रीलंकाका कामदारले कुल ५ अर्ब ४९ करोड डलर पठाएका छन्। गत वर्ष श्रीलंका चरम आर्थिक संकटमा परेको थियो। पछिल्लो समय पर्यटक आगमनसमेत बढ्दा श्रीलंकाको आर्थिक अवस्था सुधार हुँदै गएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २३ भदौ २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =