संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छ : सभामुख

हिमाल प्रेस ५ माघ २०८० १२:३४
22
SHARES
संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छ : सभामुख

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको सभामुख भएको एक वर्ष पुगेको अवसरमा रासससँग कुरा गर्दै घिमिरेले सो कुरा बताएका हुन्।

उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा मार्गनिर्देशन गर्न सक्ने धारणा व्यक्त गरे।

सभामुख घिमिरेले भने,‘कमीकमजोरी औँल्याउँदा उसले सरकारको आलोचना त गरिहाल्छ नि भन्ने कोणबाट नहेरियोस् भन्ने मेरो आग्रह हो।’

त्यसैगरी उनले सरकार संसद्प्रति जवाफदेहीपूर्ण हुनु कर्तव्य नै भएको बताए।

उनी भन्छन्, ‘प्रणाली, नीति, कार्यक्रम र जनताले पाउनुपर्ने सेवा प्रवाहका विषय सरकारले संसद्का माध्यमबाट लानसक्छ। यो कुराको अनुभूति सरकारले तुलनात्मक ढंगबाट नगरेको नै मलाई महसुस हुन्छ। साथ, सहयोग लिनेभन्दा एक्लै जाने,तानातान र विरोध गर्ने प्रवृत्ति देखियो। संसद् र सरकार एकार्काका पूरकमात्र होइन,राज्य सञ्चालन गर्ने महत्त्वपूर्ण अंग हुन्।’

प्रकाशित: ५ माघ २०८० १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =