वैशाख २ गतेसम्मलाई संसद् बैठक स्थगित

हिमाल प्रेस २८ चैत २०८० १३:१९
22
SHARES
वैशाख २ गतेसम्मलाई संसद् बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन्। बुधबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक र विशेष समयमा सांसदहरूले बोलिसकेपछि कांग्रेस र राप्रपाले अवरोध गरेका हुन्।

दुई दलले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले पटक-पटक अघि बढाउन आग्रह गरे। कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति माग गरिरहेको छ।

अर्कातिर राप्रपाले मंगलबार भएको प्रदर्शनका क्रममा दमन गरेको भन्दै लामिछानेको राजीनामा माग गर्दै संसद्‍मा अवरोध गरेको हो। दुई दलको अवरोधपछि सभामुख घिमिरले बुधबारका लागि तय गरिएका कार्यसूची सबै हटाएको जानकारी गराए। त्यसपछि उनले बैठकको अवरोध नहटेको भन्दै वैशाख २ गतेसम्मलाई प्रतिनिधि सभाको बैठक स्थगित भएको सूचना सुनाए।

प्रकाशित: २८ चैत २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =