क्यानको क्यालेन्डर सार्वजनिक, क्रिकेटमा ए टिम बनाइँदै

हिमाल प्रेस १९ पुष २०८० १६:०९
76
SHARES
क्यानको क्यालेन्डर सार्वजनिक, क्रिकेटमा ए टिम बनाइँदै

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान परिसरमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।

वार्षिक क्यालेन्डरअन्तर्गत उमेर समूह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको मितिसहितको खेल तालिका उल्लेख छ। क्यानका अनुसार घरेलु मैदानमा क्यानडासँगको खेल, नामिबिया र नेदरल्यान्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला हुनेछ भने नेपाल प्रिमियर लिग मंसिरमा गर्ने गरी वार्षिक क्यालेन्डरमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए। उनले नेपाल ए टिम बनाउन लागेको र क्यानडाले सोही टिमसँगै प्रशिक्षण गर्ने बताए।

खड्काले हङ्कङमा प्रस्तावित चार देशीय खेलको प्रस्ताव आएको जानकारी दिए। क्यानले घरेलु प्रतियोगितालाई पनि प्राथमिकताका साथ राखिएको उनको भनाइ छ। क्रिकेटर सन्दीप लामिछानेबारे कानुनी सल्लाहकारसँग छलफल भइरहेको भन्दै २५ पुसपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गरिने खड्काले बताए।

खड्काले एसोसिएटमा नम्बर १ बन्ने चुनौती रहेको र यही प्राथमिकताका साथ क्यान अघि बढ्ने जिकिर गरे। उनका अनुसार यसै बर्ष नेपालमा लेभल टु कोचिङ समेत हुनेछ।

प्रकाशित: १९ पुष २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =