क्यानडाविरुद्ध नेपालको एकदिवशीय श्रृंखलाको पहिलो खेल आज

हिमाल प्रेस २५ माघ २०८० ७:३२
20
SHARES
क्यानडाविरुद्ध नेपालको एकदिवशीय श्रृंखलाको पहिलो खेल आज

काठमाडौँ- नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृंखला आजदेखि सुरु हुँदैछ। आज हुने पहिलो खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि सुरु हुनेछ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

प्रतियोगिताको दोस्रो खेल आउँदो शनिबार र अन्तिम खेल सोमबार हुनेछ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय शृंखला नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताए।

यसैबीच नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेको प्रशिक्षणमा रहेको क्यानडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ।

क्यानडाले आईसीसी टी–२० विश्व कप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ।

प्रशिक्षक मोन्टी देसाई र प्रशिक्षक पुबुदु दशानायके दुवै जनालाई नेपालको सफल प्रशिक्षक मानिन्छ। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिस्पर्धी हो ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो।

प्रकाशित: २५ माघ २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =