हङकङमा हुने त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको लागि नेपाली टोलीको घोषणा

हिमाल प्रेस २० फागुन २०८० ९:३०
60
SHARES
हङकङमा हुने त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको लागि नेपाली टोलीको घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो साता हङकङमा हुने त्रिदेशीय टी-२० शृंखलाको लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

टोलीमा रोहितसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुल्शन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द र अभिनाश बोहरा छन्।

घोषित टोलीमा नेदरन्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाहलाई समावेश गरिएको छैन।

फागुन २६ मा हङकङसंग मैत्रीपूर्ण कप खेल्ने नेपालले त्रिदेशीय शृंखलाको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनीसँग फागुन २९ मा खेल्नेछ। फाइनल खेल फागुन ३० मा हुनेछ।

हङकङमा हुने त्रिदेशीय शृंखलामा नेपालसहित हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी हुनेछ ।

प्रकाशित: २० फागुन २०८० ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =