‘भाईरल गोर्खे’ मा ऋषि धमलाको भूमिका कस्तो छ?

हिमाल प्रेस २४ वैशाख २०८१ १३:३२
8
SHARES
‘भाईरल गोर्खे’ मा ऋषि धमलाको भूमिका कस्तो छ?

काठमाडौँ-  लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको फिल्म ‘भाईरल गोर्खे’ मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन्। फिल्मका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको हो। फिल्ममा उनी पत्रकारकै भूमिकामा देखिने छन्।

छायांकन सेटबाट प्राप्त एक तस्बिमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ?’ भनेर लेखिएको निलो ब्यानर राखिएको छ। फिल्ममा सौगात उटपट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल भएको पात्रको भूमिकामा छन्। उनको अन्तर्वार्ता लिन गएको सन्दर्भको दृश्यमा धमला देखिनेछन्।

फिल्ममा उनको भूमिका अर्थपूर्ण रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन्। ‘भाईरल गोर्खे’ मा सौगात र धमलासहित सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, बुद्धि तामाङ लगायत कलाकारको को अभिनय छ। सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ। भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम फिल्ममादेखाइने निर्माण टिमले जनाएको छ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण हुने फिल्म अमर महर्जनले छायांकन गरिरहेका छन्। फिल्मको छायांकन लम्जुङ, गोरखा र चितवनमा गरिनेछ। बिशाल ताम्राकार र महेश लामिछानेको लगानी रहने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =