क्रिकेटर सन्दीपमाथिको निलम्बन फुकुवा

हिमाल प्रेस १८ माघ २०७९ ७:५५
2
SHARE
क्रिकेटर सन्दीपमाथिको निलम्बन फुकुवा फाइल तस्बिर

पोखरा- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। उनी राष्ट्रिय टिममा फर्कन सक्ने भएका छन्।

बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। उनी २०७८ मंसिर २९ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए।

बलात्कारको आरोपमा उनीविरुद्ध जाहेरी परेपछि गत २३ भदौमा क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा सन्दीपले उच्च अदालत पाटनले दिएको निवेदनमा उच्चले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

यसैबीच, उच्चको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ। सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो।

प्रकाशित: १८ माघ २०७९ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =