दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि मुख्यमन्त्रीको पहल

हिमाल प्रेस १९ पुष २०८० ७:३८
2
SHARE
दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि मुख्यमन्त्रीको पहल कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन्।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

संवादमा राजदूत भण्डारीले बंगलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताए। नेपालबाट बंगलादेशमा दूग्धजन्य पदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दूग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन्।

दूग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’ को अवस्था सिर्जना हुनुका साथै यहाँ उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको छ। डेरी सञ्चालकहरूले पछिल्लो समय किसानसँग दूध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दूधको भूक्तानी दिन नसक्दा समस्या हुँदै आएको छ।

विराटनगर दूग्ध वितरण आयोजनाले उत्पादन गरेको दूग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले बताए। किसानले दूध उत्पादन बढाएपनि उत्पादित दूग्धजन्य पदार्थ बिक्री नहुँदा किसानरूलाई गत जेठ महिनादेखि नै दूधको भुक्तानी दिन नसकेको उनको भनाइ छ।

प्रकाशित: १९ पुष २०८० ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =