काठमाडौँ- निजामती कर्मचारीसम्बद्ध संगठनहरूले अध्यागमनका कर्मचारीमाथि भएको कुटपिटको घटनामा संलग्न प्रहरीलार्ई कारबाही गर्न माग गरेका छन्।
आज (आइतबार) उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै संगठनहरूले घटनामा संलग्न प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमन कार्यालयको सेवा देशव्यापी रूपमा बन्द गर्ने चेतावनी दिएका हुन्।
मन्त्री श्रेष्ठलाई नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मन्चले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।
साथै थप आन्दोलनका कार्यक्रम पनि घोषणा गर्ने उनीहरूले जनाएका छन्। शुक्रबार प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट गरेको थियो। मोक्तानले आफ्नो शरीर जाँच गर्न नदिएपछि विवाद भएको थियो। सो विवादका क्रममा उनीमाथि कुटपिट भएको थियो।
अध्यागमन अधिकृतमाथि प्रहरीको कुटपिटबारे छानबिन गर्न गृहले बनायो समिति


