भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार

हिमाल प्रेस १० भदौ २०८३ १९:४७ | Wednesday, August 26, 2026
भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुंगेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र। तस्बिर : रासस

काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी नेपालले जनाएअनुसार अहिलेसम्म ९७ जनाको शव फेला परेको हो। त्यस्तै ५४ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भएका छन्। आयोजना प्रवर्द्धक विजयमोहन भट्टराईका अनुसार टनेलमा काम गरिरहेका ३५ जनासहित २५ जना इन्जिनियर, चालक तथा खाना पकाउने कर्मचारी सम्पर्कविहीन हुन्।

बाढीपहिरोका कारण तीन सय ८४ यात्रु सम्पर्कविहीन भएको पर्यटन बोर्डको प्रारम्भिक विवरण छ। बोर्डका अनुसार सम्पर्कविहीनमध्ये दुई सय ९१ जना विदेशी र ९३ जना नेपाली छन्।

बाढीमा परी नेपाल प्रहरीका २६ जना तथा सशस्त्र प्रहरी र सेनासमेत गरी ४४ जना सम्पर्कविहीन भएको परराष्ट्रमन्त्री शिशिर खनालले संसद् बैठकमा जानकारी दिए। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन्।

रसुवा भन्सार प्रमुख राजेन्द्र ढुंगानाका अनुसार पाँचजना कर्मचारी सम्पर्कविहीन छन्। यसैगरी चिलिमे जलविद्युत् आयोजनाका ६ कर्मचारी सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ। नुवाकोटको त्रिभुवन त्रिशूली माविका कैयौँ विद्यार्थी हराएको शंका गरिएको छ। नुवाकोट, रसुवा, धादिङका तटवर्ती क्षेत्रका बजारहरू बाढीले बगाएकाले क्षतिको आकलन गर्न कठिन रहेको अधिकारीहरूले बताएका छन्।

बाढीपहिरोका कारण रसुवाको सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ। बिजुली अवरुद्ध भएपछि जिल्लासँगको सञ्चार सम्पर्क प्रभावित भएको धमलाले जानकारी दिए।

घाइेतहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। बाढीमा परेका ६५ जनाको उद्धार गरिएको धमलाले बताए। उद्धार गरिएकाहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

बाढीले सयौँ घर तथा सडक बगाएको छ। त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार कम्तीमा ४० किलोमिटर सडकमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त क्षेत्रमा भारी उपकरण तथा मेसिन परिचालन गरी सडक र पुल सञ्चालनयोग्य बनाउने काम अघि बढाइएको न्यौपानेले बताए।

प्रकाशित: १० भदौ २०८३ १९:४७ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast