अध्यागमन अधिकृतमाथि प्रहरीको कुटपिटबारे छानबिन गर्न गृहले बनायो समिति

हिमाल प्रेस १२ माघ २०८० १९:४४
34
SHARES
अध्यागमन अधिकृतमाथि प्रहरीको कुटपिटबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको बताए।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेका छ।

उक्त घटनामा प्रहरीले अध्यागमन अधिकृतमाथि कुटपिट गरेकाे आरोप लगाइएको छ।

प्रकाशित: १२ माघ २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =