विपद् क्षेत्रमा राज्यका सबै संयन्त्र परिचालन, राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने

हिमाल प्रेस ११ भदौ २०८३ ९:१७ | Thursday, August 27, 2026
विपद् क्षेत्रमा राज्यका सबै संयन्त्र परिचालन, राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूमा सरकारले खोजी, उद्धार र राहत कार्यलाई आज बिहानैदेखि थप तीव्रता दिएको छ। बाढीले ठुलो क्षति पुर्‍याएपछि तटीय क्षेत्र र प्रभावित बस्तीहरूमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

जोखिममा परेका नागरिकहरूको तत्काल सहायताका लागि नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्री वितरण गरिसकेको छ। सेनाको टोलीले प्रतिकूल मौसम र रातको समयमा पनि स्थल मार्गबाट उद्धार कार्यलाई निरन्तरता दिएको थियो।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रहरूमा खोजी र उद्धार कार्यलाई थप सशक्त बनाइएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि हेलिकोप्टर र पैदल टोली दुवैलाई सक्रिय रूपमा परिचालन गरिएको छ।

सरकारले भोटेकोशी र अन्य नदी किनारामा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। बाढी र पहिरोको जोखिम अझै कायम रहन सक्ने भन्दै सुरक्षित स्थानमा रहन र सरकारी संयन्त्रको सम्पर्कमा रहन सूचित गरिएको छ।

राहत र उद्धार कार्यमा कुनै कसर बाँकी नराख्ने सरकारले प्रतिबद्धता जनाएको छ।
प्रकाशित: ११ भदौ २०८३ ९:१७ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast