अनसरत डा.गोविन्द केसीलाई काठमाडौँ ल्याइँदै

हिमाल प्रेस १६ कार्तिक २०८३ १०:०२ | Monday, November 2, 2026
8
SHARES
अनसरत डा.गोविन्द केसीलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ- चिकित्साशिक्षा सुधारको माग गर्दै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका निम्ति काठमाडौं ल्याउन लागिएको छ। इलाममा डा. केसी पाँच दिनदेखि अनशनरत छन् ।

लामो समयदेखि खानपान नगरेका कारण उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको चिकित्सकले बताएका छन् ।

२५औँ सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा रगतमा चिनीको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोन देखिएको र रक्तचाप समेत घट्दै गएको चिकित्सकले बताएका छन् ।

डा. केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले आइतबार (कात्तिक १५) नै उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका थिए । सोही सिफारिसअनुसार उनलाई थप उपचार र निरन्तर निगरानीका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको र जोखिम बढ्न सक्ने देखिएपछि उच्चस्तरीय स्वास्थ्य संस्थामा तत्काल लैजान सिफारिस गरिएको इलाम अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. महेश आचार्यले जानकारी दिए ।

उनले भने, “डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र उहाँको अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएको छ । स्वास्थ्य अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै थप उपचार र निरन्तर निगरानीका लागि सुविधासम्पन्न उच्चस्तरीय स्वास्थ्य संस्थामा तत्काल प्रेषण गर्ने सिफारिस गरिएको हो ।”

चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै डा. केसीले पटक–पटक अनसन गर्दै आएका छन् ।

प्रकाशित: १६ कार्तिक २०८३ १०:०२ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast