अनशनरत डा. केसीसँग शिक्षा सचिव पौडेलको संवाद

हिमाल प्रेस ९ साउन २०८३ २१:१४ | Saturday, July 25, 2026
4
SHARES
अनशनरत डा. केसीसँग शिक्षा सचिव पौडेलको संवाद फाइल तस्बिर

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी शनिबार धनगढी पुगेका थिए।

सचिव पौडेलले केसीसँग उनी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए।

त्यस क्रममा केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए।

‘आज डा. केसी र उहाँका सहयोगीसँग संवाद भएको छ। उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ। आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ,’ सचिव पौडेलले भने।

सरकारले संवाद र सहमतिका माध्यमबाट केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ थियो।

डा केसी विभिन्न पाँचबुँदे माग राखी तीन दिनदेखि अनसनमा बसेका छन्। उनको स्वास्थ्यमा समस्या आएपछि अनशनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा. केसीसँग सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताए।

प्रकाशित: ९ साउन २०८३ २१:१४ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast