डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षविहीन, आज पनि बस्ने

हिमाल प्रेस ११ साउन २०८३ ११:४६ | Monday, July 27, 2026
4
SHARES
डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षविहीन, आज पनि बस्ने फाइल तस्बिर

काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा पुग्न सकेन। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा सहमति भए पनि उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा सहमति जुट्न सकेन।

दुवै पक्ष यसै शैक्षिक सत्रदेखि ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने र एमबीबीएस अध्ययन सुरु गर्ने विषयमा सकारात्मक छन्। आवश्यक पूर्वतयारी र स्वीकृति प्रक्रिया पनि छिटो अघि बढाउने सहमति भएको छ।

तर, वर्तमान रजिस्ट्रार डा. भीम चन्द र उपकुलपतिलाई हटाउने विषयमा विवाद कायम छ। डा। केसी पक्षले रजिस्ट्रारमार्फत भएका खरिद र कर्मचारी भर्नामा स्वार्थ जोडिएको आरोप लगाएको छ।

रास्वपाका सांसद केपी खनालले भने आरोप अस्वीकार गर्दै आफू विश्वविद्यालय सञ्चालन र एमबीबीएस पढाइ सुरु हुनुपर्ने पक्षमा रहेको बताए। नियुक्ति गर्ने अधिकार आफ्नो नभएको पनि उनले स्पष्ट पारे।

यस्तै, सुदूरपश्चिमका जनप्रतिनिधिहरूले पनि अहिले नेतृत्व परिवर्तनभन्दा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

रातिसम्म चलेको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्ता बस्ने तय भएको छ। डा। केसी गेटामा विश्वविद्यालय सञ्चालन, चिकित्सा शिक्षा सुरु र विवादास्पद नियुक्ति खारेजको माग गर्दै २४औँ सत्याग्रहमा छन्।

प्रकाशित: ११ साउन २०८३ ११:४६ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast