काठमाडौँ- रसुवा बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएको छ।
नेपाल विद्युत प्राधिकरणकाअनुसार त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत प्रवाह अवरुद्ध बनेको हो।
प्राधिकरणकाअनुसार त्रिशुली स्थित २२० केभी ३ बी हब सवस्टेशनमा पूर्णरुपमा क्षति पुगेको छ।
त्यस्तै चिलिमे २२० केभी हव टावर अवरुद्ध भएका कारण बन्द भएको छ। समुद्रटार – त्रिशुली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ। चिलिमे –त्रिशुली ६६ केभी प्रसारण लाइन पनि अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
चिलिमे हव– त्रिशुली ३ बी हब ण् मातातिर्थ २२० केभी र त्रिशुली–बालाजु ६६ केभी प्रसारण लाइन पनि अवरुद्ध रहेको जनाइएको छ।
अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत प्रणाली सञ्चालनको प्रयास भैरहेको जनाएको छ। यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भै चौघोडा सवस्टेशन सञ्चालनको प्रयास जारी गरिएको छ।
गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको प्राधिकरणले जनाएको छ।


