यस्तो छ ‘हात्तीछाप’को गीत ‘मायालु’

हिमाल प्रेस १५ पुष २०८० ११:३९
10
SHARES
यस्तो छ ‘हात्तीछाप’को गीत ‘मायालु’

काठमाडौँ– फिल्म ‘हात्तीछाप’को गीत ‘मायालु’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

हर्क साउदको शब्द रहेको गीतमा प्रताप दास र ममता गुरुङले स्वर दिएका छन्। गीतमा उज्ज्वल सागरले संगीत भरेका छन्। प्रेमिल गीतकाे भिडियाेमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ।

फिल्म सिमोस सुनुवारले निर्देशन गरेका छन्। फिल्ममा दयाहाङ र उपसनासहित सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राईलगायत कलाकारको अभिनय छ।

प्रदीप भारद्धाजको लेखन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ। फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ।रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्।

फिल्मका निर्मातामा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ छन्। कार्यकारी निर्माता सरोज नेपाली हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =