सुदूरपश्चिममा आज पुसे १५ धुमधामका साथ मनाइँदै

हिमाल प्रेस १५ पुष २०८० ८:२५
4
SHARES
सुदूरपश्चिममा आज पुसे १५ धुमधामका साथ मनाइँदै

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ चाड धुमधामका साथ मनाइँदैछ।

हरेक वर्ष पुस १५ गते सुदूरपश्चिमका स्थानीयले पुस १५ लाई विशेष महत्वका साथ मनाउने गरिएको छ। आजको दिनलाई उनीहरुले ठूली रातका रूपमा समेत मनाउने गर्छन्।

पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा सुन्ने सुनाउनेजस्ता गतिविधि गर्ने गरिन्छ। त्यस्तै तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन पनि छ।

यद्यपि सुदूरपश्चिमका पहाडी भूभाग बसाइँसराइले खाली हुन थालेपछि पहिलेको जस्तो पर्वको रौनक नभएकोमा ज्येष्ठ नगारिकले गुनासो गर्न थालेका छन्। पहाडबाट तराइ झरेकाहरुले पनि पर्वको मौलिकता भुल्दै जादा पर्वको महत्व लोप हुनेमा उनीहरूको चिन्ता छ।

आज लामो रात हुने र आजैका दिनबाट रात छोटो हुँदै जानेछ।

प्रकाशित: १५ पुष २०८० ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =