सुदूरपश्चिममा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका चाैधरीले गरे मुख्यमन्त्रीकाे दाबी पेस

हिमाल प्रेस २ वैशाख २०८१ १५:३१
46
SHARES
सुदूरपश्चिममा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका चाैधरीले गरे मुख्यमन्त्रीकाे दाबी पेस

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीकाे समर्थनमा नाउपाका चाैधरीले मुख्यमन्त्रीकाे दाबी पेस गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

नेपाली कांग्रेसका १८, नाउपाका ७ सांसद,  नेकपा (एकीकृत समाजवादी)का चार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसदको हस्ताक्षर बुझाएर उनले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसदकाे समर्थ चाहिन्छ।

प्रकाशित: २ वैशाख २०८१ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =