सुदूरपश्चिम प्रदेशबाट बाहिरियो एकीकृत समाजवादी

हिमाल प्रेस २४ फागुन २०८० १०:५८
10
SHARES
सुदूरपश्चिम प्रदेशबाट बाहिरियो एकीकृत समाजवादी

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरिएको छ।

एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन्।

उनी बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन्।

बुधबार प्रदेश सरकारबाट माओवादी केन्द्र पनि बाहिरिएिको थियो।

अब मुख्यमन्त्रीसँग नागरिक उन्मुक्ति पार्टीको मात्रै समर्थन छ। मुख्यमन्त्रीसँग नेपाली कांग्रेसको १८ र नागरिक उन्मुक्तिको ७ गरी २५ सांसदको मात्र समर्थन छ।

५३ सदस्यीय प्रदेश सभामा सरकार जोगिन २७ सांसदको समर्थन आवश्यक हुन्छ।

 

प्रकाशित: २४ फागुन २०८० १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =