प्रधानमन्त्रीको सरकारी कार्यालयमा पार्टी/मोर्चाको बैठक बसेको प्रति राप्रपा प्रवक्ताको आपत्ति

हिमाल प्रेस ११ पुष २०८० ९:५२
2
SHARE
प्रधानमन्त्रीको सरकारी कार्यालयमा पार्टी/मोर्चाको बैठक बसेको प्रति राप्रपा प्रवक्ताको आपत्ति

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले पार्टी वा मोर्चाको बैठक प्रधानमन्त्रीको सरकारी कार्यालयमा गरिनु आपत्तिजनक भएको बताएका छ।

उनले देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दलको बैठक बनाउनु नहुने बताएका छन्।

आज सामाजिक सन्जाल ट्वीटर (एक्स)मार्फत श्रेष्ठले यो नैतिकताको विषय भएको जनाएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ।

मोर्चाको बैठक बसेको तस्बिर सार्वजनिक भएसँगै श्रेष्ठले त्यसप्रति इंकित गर्दै सोही कुरा लेखेका हुन्।

यसअघि पनि बालुवाटारमै प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग भेटघाट र बैठक राखेका थिए। यसअघि माओवादी केन्द्रको सचिवालय बैठक पनि बालुवाटारमै बसेको थियो।

प्रकाशित: ११ पुष २०८० ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =