राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् एजेन्डा

हिमाल प्रेस १ पुष २०८० ८:०५
18
SHARES
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् एजेन्डा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। बैठक काठमाडौँको धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा सुरु हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

मंगलबारसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको सांगठनिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर संगठन सुदृढीकरणका लागि रणनीति तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनको भनाइमा पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गरिनेछ। पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकेको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने पनि बताइएको छ।

राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुनेछ।

प्रकाशित: १ पुष २०८० ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =