चार्ल्सले शतक बनाएको खेलमा वेस्ट इन्डिजले नेपाललाई दियो २२८ रनको लक्ष्य

हिमाल प्रेस १९ वैशाख २०८१ १४:१८
8
SHARES
चार्ल्सले शतक बनाएको खेलमा वेस्ट इन्डिजले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौँ- जोनसन चार्ल्सको शतकप्रेरित वेस्ट इन्डिज ‘ए’ले ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपालसामू २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभ तीन विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्‍यो।

वेस्ट इन्डिजका लागि चार्ल्सले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतले अविजित ११९ रनको योगदान गरे। यसैगरी आन्द्रे फ्लेचरले अर्धशतक बनाउँदा किमो पउल १३ रनमा अविजित रहे।

दोस्रो विकेटका लागि चारल्स र फ्लेचरले १४५ रनको साझेदारी गरे। नेपालका लागि करण केसी र सागर ढकालले समान एक विकेट लिए। चौथो ओभरको पहिलो बलमा एलिक एथानाज १७ रन बनाएर रन आउटको सिकार बने।

१६औं ओभरको पाँचौं बलमा सागर ढकालले आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। उनले ३३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। १९औं ओभरको दोस्रो बलमा करण केसीले फाबियन एलनलाई दीपेन्द्रबाट क्याच गराए। एलनले नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १९ रन बनाए।

प्रकाशित: १९ वैशाख २०८१ १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =