राप्रपाको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस २० मंसिर २०८० १२:०२
4
SHARES
राप्रपाको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्याह्न १२ बजे बस्नेछ।

पुष १ देखि ३ गतेसम्म काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्नका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार समसामयिक राजनीतिक, सांगठनिकलगायतका विषयमा पनि छलफल हुनेछ।

 

प्रकाशित: २० मंसिर २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =