एनसेल प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

हिमाल प्रेस २१ मंसिर २०८० १३:५५
36
SHARES
एनसेल प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले एनसेल प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले बिहीबार विज्ञप्ति निकालेर एनसेल प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।

‘एनसेल प्रकरणबारे सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

भ्रष्टाचारलाई दुरूत्साहन र नियन्त्रण गर्न पनि राप्रपा नेपालले माग गरेको छ।

‘एनसेल सेयर खरिदबिक्रीमा अर्बौं रुपैयाँ कर छली गर्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने, प्रचलित दूरसञ्चार कानुनविपरीत हुने गरी सेयर खरिदबिक्री भएकोबारे राप्रपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

राप्रपा नेपालले मंसिर ८ गते पक्राउ परेका श्रीनिवास आचार्यलगायतलाई रिहा गर्न पनि माग गरेको छ।

प्रकाशित: २१ मंसिर २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =