डडेल्धुरामा आगलागी : २ करोड ८६ लाख बराबरको क्षति

हिमाल प्रेस १ पुष २०८० १९:१९
10
SHARES
डडेल्धुरामा आगलागी : २ करोड ८६ लाख बराबरको क्षति प्रतीकात्मक तस्बिर

डडेल्धुरा-  डडेल्धुराको अमरगढी नगरपालिका-५, बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा शनिबार राति आगलागी हुँदा २ करोड ८६ लाख बराबरको क्षति भएको छ। स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो।

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको १ करोड २० लाख, कैलपाल मेडिकलको ८० लाख र शिशिर फेन्सीका ८० लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए। सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन्। हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ। रासस

प्रकाशित: १ पुष २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =