कर्णालीका ३० प्रतिशत परिवारमात्रै कृषिमा आत्मनिर्भर

हिमाल प्रेस २८ मंसिर २०८० १२:५०
10
SHARES
कर्णालीका ३० प्रतिशत परिवारमात्रै कृषिमा आत्मनिर्भर फाइल तस्बिर।

काठमाडौँ– कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै कृषि उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ। राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले खाना पुग्दैन।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा तीन लाख दुई हजार परिवारले कृषि पेसा गर्दै आएका छन्। त्यसमध्ये ३० प्रतिशत अर्थात् ९० हजार ६०० परिवार कृषिमा आत्मनिर्भर छन्।

कर्णालीमा एक लाख १७ हजार ४११ हेक्टर जग्गामा खेतीपाती हुँदै आएको छ। तथ्यांकअनुसार हलोको प्रयोग घटेको छ भने ट्रयाक्टर र पावरट्रिलर प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ। ८.१ प्रतिशत फलामे हलो, ५.१ प्रतिशत ट्रयाक्टर र ४.५ प्रतिशत कृषकले पावरट्रिलर प्रयोग गर्न थालेका छन्। कर्णालीमा वर्षमा दुईपटक मात्र बाली लगाउने गरिएको छ।

प्रकाशित: २८ मंसिर २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =