काठमाडौँ- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज कञ्चनपुरमा आमसभा गर्दैछ।
भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारमा आयोजना हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको राप्रपा कञ्चनपुरले जनाएको छ।
आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
                            प्रकाशित: २८ मंसिर  २०८० ८:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

