किताबखानाले एकाइलाई पठायो अनिवार्य अवकाश हुने शिक्षकको नामावली

हिमाल प्रेस २६ मंसिर २०८० ८:४६
15.2k
SHARES
किताबखानाले एकाइलाई पठायो अनिवार्य अवकाश हुने शिक्षकको नामावली

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकको नामावली ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईमा पठाएको छ ।

किताबखानाले शिक्षा नियमावली २०५९, (संशोधनसहित) नियम १२६ उपनियम (घ) बमोजिम सम्बन्धित जिल्लाअन्तर्गत सामुदायिक विद्यालयमा २०८० माघ १ गतेदेखि २०८१ असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकको नामावली पठाएको हो।

कतिपय शिक्षकको नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति फरकफरक रहनसक्ने भएकाले त्यस कार्यालयमा भएको अभिलेखसँग भिडाइ किताबखानाबाट पठाइएको अवकाश सम्बन्धी विवरणमा कुनै फरक परेमा सम्बन्धित शिक्षकबाट प्रमाणसहित पेस गर्न लगाइ सोही बमोजिम अवकाशको जानकारी दिने र शिक्षा नियमावली, २०५९ (संशोधनसहित) नियम १३१ (१) बमोजिम अनिवार्य अवकाश गर्न किताबखानाले अनुरोध गरेको छ।

हेर्नुहोस् अनिवार्य अवकाश हुने शिक्षकको जिल्लागत नामावली

प्रकाशित: २६ मंसिर २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =