पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल

हिमाल प्रेस २२ मंसिर २०८० १७:३२
16
SHARES
पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल

काठमाडौँ– यूएईमा आज सुरु भएको यू– १९ एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदान-२ मा टस हारेको नेपाल पहिला ब्याटिङ गर्दै १५२ रन बनाउँदै ४७.२ ओभरमा अलआउट भएको थियो। १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले तीन विकेटको क्षतिमा २६ ओभर २ बलमा लक्ष्य पूरा गरेको हो।

पाकिस्तानका लागि कप्तान साद बेगले ५० रन बनाए भने अजान वाइसले ५५ रन बनाए। यस्तै, मोहम्मद जिसनले ८ बलमा २० रन बनाए। नेपालका लागि गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका थिए। त्यसअघि क्वालिटी फास्ट बलिङ आक्रमण रहेको पाकिस्तानका अगाडि नेपाली युवा ब्याटरले संघर्ष गरेका थिए। पाकिस्तानका फास्ट बलर मोहम्मद जिसनले नेपाली ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा ६ विकेट लिँदा नेपाल संकटमा परेको हो।

उत्तम थापा मगर दिपेश कँडेलले ६८ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो। नेपालका लागि उत्तम थापा मगरले ७६ बलमा ५१ रन बनाए। उनले त्यस क्रममा २ छक्का र तीन चौका प्रहार गरेका थिए।

यस्तै, दिपेशले ५९ बलमा ३१ रन बनाए। उनले एक छक्का र २ चौका प्रहार गरेका थिए। ओपनर अर्जुन कुमालले २१ रनको योगदान दिए। अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन्। कप्तान देव खनाल १३ बल खेलेर शून्यमा आउट भए। सिनियर टिमका नियमित अलराउन्डर गुल्सन झा एक रन बनाएर आउट भए।

प्रकाशित: २२ मंसिर २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =