सिद्ध र कालिका क्रिकेटको फाइनलमा

हिमाल प्रेस २० वैशाख २०८१ १४:४४
12
SHARES
सिद्ध र कालिका क्रिकेटको फाइनलमा

पोखरा- कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगितामा शुक्रबार पोखरा रंगशालामा फाइनल प्रतिस्पर्धा हुने खेल संयोजनकर्ता गोविन्द प्रधानले बताए।

बिहीबार सेमिफाइनलमा सिद्धले अमरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधिका लागि कालिकासँगको भेट पक्का गरेको हो। कालिका मावि यसअघि नै ४ अंकका साथ नेट रनरेट आधारमा फाइनल पुगिसकेको थियो।

पहिला व्याटिङ गरेको अमरसिंहले पूरै २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो। अमरसिंहको व्याटिङमा सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच चन्द्रमाया बरालले सर्वाधिक ३२ रनको पारी खेलिन्। सिद्धका लागि संजिला राना मगरले १ विकेट लिएकी थिइन्।

जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको सिद्धले अन्तिम ३ बल बाँकी छँदै लक्ष्य प्राप्त गरेको हो। उसले १९ दशमलब ३ ओभरमा ८ विकेट गुमाएर जित निकाल्ने क्रममा रचना चौधरी र एलिना श्रेष्ठ दुवैले समान ११ रन बनाए। अमरसिंहका बलर सुविना गुरुङले ३, चन्द्रमाया बरालले २ तथा सुस्मिता विष्टले १ विकेट लिइन्।

गत १५ वैशाखदेखि सुरु भएको प्रतियोगितामा पोखरा महानगरका ९ विद्यालयले भाग लिएका थिए। खेल लिगकम नकआउट आधारमा खेलाइएको हो। महिला क्रिकेटलाई प्राथमिकता दिँदै ग्रासरुटबाटै क्रिकेट विकास गर्न प्रतियोगिता आयोेजना गरिएको समितिका अध्यक्ष दीपकबहादुर गोदारले बताए। उनका अनुसार आगामी सन् २०२७ मा हुने टि–ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य छ।

प्रकाशित: २० वैशाख २०८१ १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =