विश्वकप खेल्ने टोलीको घोषणा : समेटिए ढकाल र ऐरी

हिमाल प्रेस १९ वैशाख २०८१ १९:२०
28
SHARES
विश्वकप खेल्ने टोलीको घोषणा : समेटिए ढकाल र ऐरी फाइल तस्बिर

काठमाडौँ- वेस्टइन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीमा तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाल पनि परेका छन्। आकाश चन्द र विवेक यादवको स्थानमा उनीहरूलाई समावेश गरिएको हो। चन्द र यादव गत महिना ओमानमा भएको एसीसी पुरुष प्रिमियर कप खेल्ने टोलीमा थिए।

आयरल्याण्ड ए विरुद्धको खेलमा बलियो प्रदर्शनका आधारमा ऐरी र ढकाल छनोट भएका हुन्। आयरल्याण्ड ए विरुद्धको तीन खेलमा ऐरी र ढकालले क्रमशः पाँच र चार विकेट लिएका थिए । समूह ‘डी’ मा नेपालसँगै बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन्।

नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेलेर आफ्नो टी–२० विश्वकप अभियानको सुरुवात गर्नेछ। नेपालले जुन १२ मा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र जुन १७ मा बंगलादेशसँग खेल्नेछ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी।

प्रकाशित: १९ वैशाख २०८१ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =