वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई २१० रनको लक्ष्य

हिमाल प्रेस २० वैशाख २०८१ १४:००
14
SHARES
वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई २१० रनको लक्ष्य

काठमाडौँ- वेस्ट इन्डिज ‘ए’ ले ट्वान्टी २० शृंखलाको चौथो खेलमा नेपालसामू २१०रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०९ रनको योगफल तयार पार्‍यो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ५४ बलमा नौ चौका र चार छक्काको मद्दले अविजित ८४ रन बनाए। यसैगरी जोनसन चार्ल्सले अर्धशतक प्रहार गर्दा फाबियन एलन ३३ रनमा अविजित रहे। चरले दोस्रो विकेटका लागि चार्ल्ससँग ९२ र चौथो विकेटका लागि एनलसँग ८३ रनको साझेदारी गरे।

नेपालका लागि कुशल भुुर्लेलले दुई र प्रतिश जिसीले एक विकेट लिए। प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा एलिक एथानाजलाईे सन्दिप जोराबाट क्याच गराए। उनले पाँच रन बनाए। अर्धशतक बनाएका जोनसन चार्ल्सलाई १०औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। चार्ल्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाए।

१४औं ओभरको दोस्रो बलमा चार रन बनाएर खेलिरहेका कार्टीलाई कुशल भुर्तेलले रोहितकुमार पौडेलबाट क्याच गराए।

प्रकाशित: २० वैशाख २०८१ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =