लोसपाले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २१ मंसिर २०८० ८:१९
90
SHARES
लोसपाले बोलायो केन्द्रीय समिति बैठक फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।

बुधबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरुको छलफलले मंसिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको लोसपाका सचिव मनिष मिश्रले बताए।

राष्ट्रियसभाको चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठन गठनलगायतका बैठकमा छलफल हुने उनले बताए।

 

प्रकाशित: २१ मंसिर २०८० ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =