टी-२० विश्वकप छनोट फाइनल आज, ओमानसँग बदला लिँदै च्याम्पियन बन्ने अवसर

हिमाल प्रेस १९ कार्तिक २०८० ७:४१
26
SHARES
टी-२० विश्वकप छनोट फाइनल आज, ओमानसँग बदला लिँदै च्याम्पियन बन्ने अवसर फाइल तस्बिर।

काठमाडौँ- आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल आज (आइतबार) नेपाल र ओमानबीच हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि हुँदै छ।

यसअघि शुक्रबार भएका सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै दुवै टिम फाइनल पुगेका हुन्। ८ टिम सहभागी रहेको एसिया क्षेत्र छनोट प्रतियोगितामा यसअघि नेपाल र ओमान एउटै समूहमा पनि भिडेका थिए।

समूह चरणमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग ५ रनले हारेको थियो। सो हारको बदला लिँदै च्याम्पियन बन्ने अवसर नेपाललाई छ। नेपाल र ओमान फाइनल पुगेसँगै आगामी जुन/जुलाईमा अमेरिका र वेस्टइण्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भइसकेका छन्।

नेपाल र ओमानबीच हालसम्म भएका ५ टी-२० मध्ये नेपालले ३ खेल तथा ओमानले २ खेल जितेको छ।

प्रकाशित: १९ कार्तिक २०८० ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =