बारेकोटका एक हजार परिवारको बास जंगल, गुफा र चौरमा

हिमाल प्रेस १८ कार्तिक २०८० २१:१०
12
SHARES
बारेकोटका एक हजार परिवारको बास जंगल, गुफा र चौरमा भूकम्पकाे त्रासले खुला ठाउँमा रात बिताउँदै आएका जाजरकोटको भेरी नगरपालिका-३ थाप्लेका सर्वसाधारण। फाइल तस्बिर : रासस

काठमाडौँ-  जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको बताएका छन्। उनका अनुसार भौतिक संरचनामा भने ठूलो क्षति भएको छ। झण्डै एक हजार परिवार विस्थापित भएका छन्।

उनीहरुको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन्। उक्त गाउँपालिकाको  रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

‘भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन्। भूकम्प पीडित गाउँभन्दा टाढा जंगल, गुफा र चौरमा बसिरहेका छन्’, उनले भने।  भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ। घर क्षतिग्रस्त छन्। जमिन भासिएको छ। गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जंगल र खोला छ।

प्रकाशित: १८ कार्तिक २०८० २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =