जाजरकोट भूकम्प प्रभावितका लागि यूएसएआईडीले १३ लाख ७० हजार डलर सहयोग गर्ने

हिमाल प्रेस २५ माघ २०८० २१:१३
10
SHARES
जाजरकोट भूकम्प प्रभावितका लागि यूएसएआईडीले १३ लाख ७० हजार डलर सहयोग गर्ने

काठमाडौँ- जाजरकोटका भूकम्प प्रभावितहरूको पुनरुत्थानमा सहयोग गर्न अमेरिकी सरकारले यूएसएआईडीमार्फत् १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा गरेको छ।

सेभ द चिल्ड्रेनमार्फत कार्यान्वयन गरिएको यूएसएआईडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई भूकम्पले गरेको विनाशबाट तङ्‌ग्रिन र सुरक्षित पुनर्निर्माण गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

भूकम्पलगत्तै आफ्ना विद्यमान कार्यक्रमहरूको ध्यानलाई अति आवश्यक राहत सामग्री, पानीको गुणस्तर परीक्षण गर्ने उपकरण र भौतिक पुनर्स्थापनाका लागि सहयोग उपलब्ध गराएको यूएसएआईडीले जनाएको छ। आगामी महिनाहरूबाट दीर्घकालीन पुनरुत्थान, पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई निरन्तरता दिइनेछ।

२०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको ५।६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १५४ जनाको मृत्यु भएको थियो। सयौँ घाइते भएका थिए। साथै घर तथा भवनहरूमा क्षति पुगेको थियो।

प्रकाशित: २५ माघ २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =