जाजरकोट भूकम्प : आठबीसकोटमा ४२ शव परिवारले बुझे

हिमाल प्रेस १८ कार्तिक २०८० २०:३३
10
SHARES
जाजरकोट भूकम्प : आठबीसकोटमा ४२ शव परिवारले बुझे रुकुम पश्चिमको आठबीस नगरपालिकामा भूकम्पले भत्किएको घर।

रुकुम पश्चिम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पमा परी निधन भएका सबैको शव परिवारले बुझेका छन्। भूकम्पमा परी नगरपालिकामा ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार सबै शव सम्बन्धित परिवारले बुझेका छन्। यसैगरी उक्त नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ।

घाइते भएका एक सयजनामध्ये जिल्ला अस्पताल सल्ले, नगर अस्पताल राडी र गम्भीर घाइते भएका तीन जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति पुर्‍याएको छ।

मानवीय क्षति भएको ठाउँको खोजी कार्य सकिएको र थप आवश्यक परे नगर प्रहरी जनप्रतिनिधि नेपाल प्रहरी लगायतका कर्मचारीको समूह तयारी अवस्था रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए।

यसैगरी जिल्लाको सानीभेरीमा गाउँपालिकामा भूकम्पमा परी १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सानीभेरीमा ५० जना घाइते भएका छन्।
प्रहरीका अनुसार बाफीकोट गाउँपालिका–१ र मुिसकोट नगरपालिकामा दुई जना घाइते भएका छन्।

प्रकाशित: १८ कार्तिक २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =