भूकम्पका घाइतेको उपचार नि:शुल्क : स्वास्थ्यमन्त्री बस्नेत

हिमाल प्रेस १८ कार्तिक २०८० १०:४९
4
SHARES
भूकम्पका घाइतेको उपचार नि:शुल्क : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने बताएका छन्। सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीको टोली घटनास्थल पठाइसकिएको जानकारी दिए।

उनले आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए। मन्त्री बस्नेतले भने, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरूको उपचार त्यहीँ गर्छौँ। त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौँ। उपचारमा कुनै कमी हुने छैन।’

मन्त्री बस्नेतले जाजरकोट र रुकुमको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८० १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =