भूकम्पमा घाइतेको उपचारमा मन्त्रालयको सिंगो टोली सक्रिय : स्वास्थ्यमन्त्री

हिमाल प्रेस १८ कार्तिक २०८० ८:४८
भूकम्पमा घाइतेको उपचारमा मन्त्रालयको सिंगो टोली सक्रिय : स्वास्थ्यमन्त्री

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीहरूलाई आफू सुरक्षित भएर भूकम्पमा परी घाइते भएकाको उपचारमा जुट्न आग्रह गरेका छन्। मन्त्री बस्नेतले मन्त्रालयको सिंगो टोली घाइतेको उपचारमा सक्रिय रहने पनि बताएका छन्।

मन्त्री बस्नेतले भनेका छन्, ‘घाइतेको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिंगो टिम सक्रिय रहनेछौँ। त्यस भेगका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित तबरले घाइतेहरुको उपचारमा जुट्न आह्वान गर्दछु।’

जाजरकोट, रुकुम लगायत आसपासका ठाउँका पीडित पक्षहरुलाई उच्च सतर्कताका साथ सुरक्षित ठाउँमा बस्न पनि बस्नेतले आग्रह गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =