भूकम्प प्रभावितको उद्धारमा खटिन लुम्बिनी सभामुखको अपिल

हिमाल प्रेस १८ कार्तिक २०८० ८:४५
26
SHARES
भूकम्प प्रभावितको उद्धारमा खटिन लुम्बिनी सभामुखको अपिल

बुटवल- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले  जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले मर्माहत बनाएको बताएका छन्। घर्तीले शनिबार बिहान विज्ञप्ति जारी गर्दै भूकम्पबाट जाजरकोट नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहसहित मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

उनले भूकम्प पीडित सम्पुर्ण परिवारहरुको उद्वार र व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारमा विशेष अपिल गरेका छन्। सभामुख घर्ती मगरले उद्धार, खोज र राहतका लागि खट्न सरोकारवाला र आमनागरिकलाई आग्रह गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =