विश्वकप क्रिकेट : भारत सेमिफाइनलमा, श्रीलंका बाहिरियो

हिमाल प्रेस १६ कार्तिक २०८० २०:५७
14
SHARES
विश्वकप क्रिकेट : भारत सेमिफाइनलमा, श्रीलंका बाहिरियो

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ मा भारतसँगको खेलमा श्रीलंका ३०२ रनको विशाल अन्तरले पराजित भएको छ। ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएपछि विशाल अन्तरले पराजित भएको हो।

भारतका लागि तिब्र गतिका बलर महम्मद शामीले ५ ओभर बलिङ गर्दै १८ रन खर्चेर ५ विकेट लिए। उनी भारतका लागि विश्वकपमा ४ पटक ५ विकेट लिने पहिलो बलर बनेका छन्।

त्यस्तै महम्मद सिराजले ७ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिए। जस्प्रित बुम्राह र रविन्द्र जडेजाले १-१ विकेट लिए।

श्रीलंकाका लागि एन्जिलो म्याथ्युज र महीश थिकशानाले समान १२-१२ रन तथा केसुन रजिथाले १४ रनको योगदान दिनुबाहेक कुनै पनि ब्याटरले दोहोरा अंकको स्कोर बनाउन सकेनन्।

श्रीलंकसँगको जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ८८, शुभमन गिलले ९२ तथा श्रेयस अयरले ८२ रन बनाए।

विश्वकप क्रिकेट : विशाल लक्ष्य पछ्याएको श्रीलंका भारतसँग संकटमा

श्रीलंकालाई भारतले दियो ३५८ रनको लक्ष्य

प्रकाशित: १६ कार्तिक २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =