श्रीलंकालाई भारतले दियो ३५८ रनको लक्ष्य

हिमाल प्रेस १६ कार्तिक २०८० १८:३४
4
SHARES
श्रीलंकालाई भारतले दियो ३५८ रनको लक्ष्य

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ मा भारतले श्रीलंकालाई ३५८ रनको विशाल लक्ष्य दिएको छ। मुम्बईको वानखडे क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३५७ रन बनाएको हो।

भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ तथा श्रेयस अयरले ८२ रनको योगदान दिए। भारतका कप्तान समेत रहेका ओपनर रोहित शर्मा पहिलो ओभरमै ४ रन बनाएर आउट भएपछि भारतको सुरुवात खराब हुन पुगेको थियो।

कप्तान शर्मा आउट भएपछि गिल र कोहलीले भारतको इनिङ्स उकासे। श्रीलंकाका लागि दिल्शान मधुशांकाले १० ओभरमा ८० रन दिँदै ५ विकेट लिए।

प्रकाशित: १६ कार्तिक २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =