विश्वकप क्रिकेट : विशाल लक्ष्य पछ्याएको श्रीलंका भारतसँग संकटमा

हिमाल प्रेस १६ कार्तिक २०८० २०:२२
20
SHARES
विश्वकप क्रिकेट : विशाल लक्ष्य पछ्याएको श्रीलंका भारतसँग संकटमा

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ मा भारतसँगको खेलमा विशाल लक्ष्य पछ्याएको श्रीलंका संकटमा देखिएको छ। ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका २९ रनमै ८ विकेट गुमाएर संकटमा परेको हो।

श्रीलंकाका लागि एन्जिलो म्याथ्युज १२ रन बनाएर आउट भएका छन्। सोबाहेक श्रीलंकाका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेका छैनन्। भारतका महम्मद शामीले ४ तथा महम्मद सिराजले ३ विकेट लिएका छन्।

मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो। जवाफी ब्याटिङ गरिरहेको श्रीलंकाले १३.१ ओभरमा २९ रन बनाएर ८ विकेट गुमाएको छ।

एक दिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोर ३५ रन हो। सन् २००४ मा श्रीलंकाले जिम्बाबेलाई ३५ रन तथा सन् २०२० मा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको थियो। यसअघि गत एसिया कपको फाइनलमा भारतले श्रीलंकालाई ५० रनमा अलआउट गरेको थियो।

प्रकाशित: १६ कार्तिक २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =